सिन्धुपाल्चोक : पाँचपोखरी थाङ्पाल गाँउपालिका-३ भोताङमा बाँदरले बालीनाली सखाप पार्न थालेपछि बाँदर धपाउन वडाका सबै घरलाई बाँदर धपाउन निम्तो दिएको छ। वडाले एक सूचना प्रकाशन गर्दै बाँदर धपाउन भोलि साउन ५ गते बिहान ८ बजे वडाका प्रत्येक घरबाट १ जना व्यक्ति र कुकुर हुने परिवारले कुकुरसमेत लिएर आउन अनुरोध गरेको छ। 'बाँदर धपाऔं, बालीनाली बचाऔं' भन्ने अभियान नै सञ्चालन गरेर वडाले बाँदर धपाउन लागेको हो।'वडाका सबै टोलबाट बाँदरले बालीनाली नष्ट गरेको गुनासो आएपछि बाँदरलाई