बाढीले बगायो १२ लाख रुपैयाँको माछाको भुरा

सल्यान : बाढीले सल्यानमा १२ लाख रुपैयाँभन्दा बढीको माछाका भुरा बगाएको छ। बिहीबार साँझ आएको गराले खोलाको बाढीले छत्रेश्वरी गाउँपालिका–६ मा रहेको नमुना एकीकृत कृषि फर्मको ६ लाख माछाका भुरा बगाएको हो।बिक्री गर्न तयार भएका भुरा बगाउँदा करिब १२ लाख रुपैयाँ क्षति भएको फर्मका सञ्चालक लोकराज भण्डारीले बताए। उनले भने, ‘६ वटा पोखरीमध्ये ३ वटा पोखरीका माछा बाढीले एउटा पनि नराखी बगाइदियो।’भण्डकारीका अनुसार तीनवटा पोखरीमा बजारमा बिक्री गर्न तयार भएका भुरा थिए। ‘बिक्री गर्ने समय पुगेकै

सम्बन्धित सामग्री

मोरङमा जसको घर तीन पटक बाढीले बगायो

विराटनगर–८ की तिलमाया भण्डारीको घर २०७४ सालमा सिंघीया खोलामा आएको बाढीले बगायो । त्यसको ४ वर्षपछि फेरि २०७८ सालमा पनि सिंघीया खोलाले नै उनको घर बगायो । एक वर्षपछि फेरि उनको घर सोही खोलाको बाढीले बगाएको छ ।आफ्नो श्रम र पसिनाले कमाएको सम्पत्तिले बनाएको घर बाढीले पटकपटक बगाएपछि तिलमाया अहिले पुर्पुरोमा हात लगाइरहेकी छन् । उनलाई अब कसरी अर्को घर बनाउने भन्ने पीडाले सताएको छ । उनले आफ्नै नम्बरी जग्गामा खोलाभन्दा केही पर घर बनाएकी थिइन् । तर, बाढीले उनको घर पटकपटक बगाइरहेको छ । ‘अहिले बनाए

बाढीले बगायो पाठ्यपुस्तक

सुनसरी (अस) । दशैं बिदापछि इटहरी क्षेत्रका विद्यालय खुल्न थालेका छन् । तर कात्तिक पहिलो साता बेमौसमी वर्षापछि आएको बाढीले पाठ्यपुस्तक बगाउँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । स्थानीय खोला र पैनीमा आएको बाढीले इटहरीका घर डुबानमा पर्दा विद्यार्थीका पाठ्यपुस्तक समेत काम नलाग्ने भएका थिए । बाढीले सबै पुस्तक कामै नलाग्ने बनाइदिएपछि आफू अब विद्यालय जाने÷नजाने दोधारमा रहेको कविर माविको कक्षा ६ मा अध्ययनरत छात्र सुसन घिमिरे सुनाउँछन् । ‘अघिल्लो वर्ष विद्यालयले नै पाठ्यपुस्तक दिएको थियो । त्यही पनि बाढीले बगाइदिएपछि यो वर्ष पुनः दिने हो या नदिने केही थाहा छैन,’ उनले भने । कोरोना कहरका कारण लामो समयदेखि बन्द इटहरी उपमहानगरका सामुदायिक तथा निजी विद्यालय गत आइतबारदेखि पुनः सञ्चालनमा आएका छन् । तर पाठ्यपुस्तक अभावले धेरैजसो बालबालिका विद्यालय जानबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । बाढीका कारण विद्यार्थीको पाठ्यपुस्तक मात्र होइन, इटहरीका एक दर्जनभन्दा बढी सामुदायिक तथा निजी विद्यालयमा समेत क्षति पुगेको छ । बाढीले इटहरीस्थित केचना माविको पर्खाल भत्काएको छ भने मुख्य चोकमै अवस्थित जनता माविमा अझै पनि पानी जमिरहेको छ । त्यस्तै नमूना कलेज, जनता कलेज, पाथीभरा टेक्निकल कलेज, राष्ट्रिय जनसहयोग कलेज, पूर्वाञ्चल बोर्डिङ लगायत विद्यालयमा बाढीले क्षति पुर्‍याएको इटहरी उपमहानगरपालिका, शिक्षा शाखाले बताएको छ । बाढीबाट निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत करीब ३ हजार विद्यार्थी प्रत्यक्ष प्रभावित बनेको शिक्षा शाखाको अनुमान छ । अहिले क्षति विवरण संकलन कार्य भइरहेकाले विद्यार्थीलाई अवस्था हेरेर पाठ्यपुस्तक प्रदान गरिने शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले बताए । विद्यालयको भौतिक संरचनामा पुर्‍याएको क्षतिबारे पुरै विवरण आइनसकेकाले यकीन नभएको उनको भनाइ छ ।

बाढीले बगायो आयोजनाको विद्युत्गृह

बेनी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युत्गृह बाढीले बगाएको छ । आइतवार राति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको आयोजनाको विद्युत्गृह बगाएको हो । वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा १ करोड ५० लाखभन्दा बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार २ वर्षअघि पुनर्निर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए । अविरल वर्षासँगै आएको बाढीले विद्युत्गृहको भवनसहित महŒवपूर्ण सामान बगाएको छ । यस्तै आयोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पु¥याएको छ । विद्युत्गृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले बताए । ‘यहाँ केन्द्रीय प्रसारण लाइनको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज गर्न र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ,’ प्रअ ठाकुरले भने । बाढीले लघु जलविद्युत् आयोजनामा पु¥याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले बताएको छ । २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघु जलविद्युत् परियोजना २ वर्षअघि १ करोड ५२ लाखको लागतमा पुनर्निर्माण गरिएको थियो । रासस

बाढीले बगायो म्याग्दीको विद्युतगृह

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत गृह बगाएको हो । वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब रु एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् । उनका अनुसार दुई वर्षअघि पुनःनिर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए । मध्

जलिरहेको शव बाढीले बगायो

धनगढी : कैलालीमा शव जलाउने क्रममा एक्कासि बाढी आएपछि शव नै बगाएको छ। जिल्लाको गोदावरी नगरपालिकामा रहेको आर्यघाटमा जलाउँदै गरेको शव बाढीले बगाएको हो।गोदावरी नगरपालिका बास्कोटाकी ८५ वर्षीया नन्दादेवी भण्डारीको निधनपछि शव जलाउन गोदावरी आर्यघाटमा लगिएको थियो। तर उनको शव जलाउँदा जलाउँदै नदीमा एक्कासि बाढी आएको थियो। सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा लगातारको वर्षाले बाढी र पहिरोको जोखिम बढेको छ।

बूढीगण्डकीको बाढीले बगायो दुई घर

गोरखा। धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीय राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो। ढकालको घर नजिकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उनले बताए। रासस

बाढीले बगायो बन्दै गरेको पुल

सुनकोशी नदीमा आएको बाढीले क्षति गरेको नवलपुरमा निर्माणाधीन पुल । ओखलढुंगाको चम्पादेवी गाउँपालिका– १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने मोटेरेबल पुल सुनकाशी नदी आएको बाढीले बगाएको हो । २१० मिटर लामो पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको हो । करिब २३ करोडको लागतमा चुँदी कन्ट्रक्सन प्रा.लि सानेपाले पुल निर्माणको काम गरिरहेको थियो । तस्वीर : पूर्णप्रसाद न्यौपाने/रासस