अचाक्ली भयो, जहिले पनि भाँडभैलो हुन सक्दैन : ओली

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत भेलामा नजान पार्टीका नेता-कार्यकर्तालाई निर्देशन गरेका छन् । पार्टी अनुशासन उल्लंघन गरे विधान र दलसम्बन्धी कानूनअनुसार कारबाही गर्ने उनले चेतावनी दिए । पार्टीका केन्द्रीय सदस्यहरुका लागि मंगलबार सरकारी निवास बालुवाटारमा आयोजित चियापान समारोहमा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहको नाम […]