माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेशबारे चलिरहेको विवाद समाधान छिटै हुने विश्वास व्यक्त गरेका छन्। चितवनमा भएको एक कार्यक्रममा उनले त्यो विवाद समाधानको उपाय वामपन्थीहरुले नै खोज्नुपर्ने र कांग्रेसलाई सम्हालेर लानुपर्नेमा आफ्नो जोड रहेको बताए। 'उपायको खोजी गर्नेतिर ध्यान दिँदा नै राम्रो हुने हो कि भनेर, भर्खरै केपी जीसँग मैले सोचौँ…