नदी सभ्यतामा आधारित शहरीकरण सुन्दर र आकर्षक हुन्छः मुख्यमन्त्री पोखरेल

हामीलाई आकर्षण गरेको मुख्य कुरा भनेको नदी किनार नै हो । नदी सभ्यतामा आधारित शहरीकरण भनेको दुनियाँमा धेरैतिर सुन्दर र आकर्षक मान्ने गरिन्छ । हाम्रो त्यो क्षेत्रको विशेषता के छ भने भविष्यमा नौमुरे जलविद्युत् आयोजनाको निर्माण पछाडि नदीमा निरन्तर पानी बगिरहने छ । त्यसलाई दोस्रो जलाशयका रुपमा सञ्चित गरिने छ जसको एउटा टनेलबाट कपिलवस्तुमा सिँचाइको व्यवस्था गरिने छ भने नियमित पानीको प्रवाह रहिरहने छ । यसले गर्दा हिउँदमा बढी पानी हुने र वर्षमा कम हुने समस्या समाधान हुने छ । यसरी नियमित र पर्याप्त पानी बग्ने नदीका रुपमा त्यो रहने छ र जहाँ हामी रात्रिकालीन पर्यटकीय प्रबन्ध गर्न सक्ने स्थितिमा पुग्छौँ । स्वाभाविक रुपमा त्यस क्षेत्रलाई व्यवस्थित गर्न सक्दा एउटा सुन्दर शहर निर्माण गर्न सकिन्छ । हामी विश्वका विभिन्न शहर घुम्दाखेरि देखेका थियौँ, जहाँ नदी किनारमा शहरी सभ्यताको निर्माण भएको छ ती ठाउँ सुन्दर र व्यवस्थित देख्छौँ । त्यस प्रकारको सोच हामीले राखेका छौँ । हामी त्यो ठाउँलाई योजनाबद्ध विकास गर्ने नीति बनाएर अगाडि बढाउने पक्षमा छौँ । हामी प्रदेशका लागि मात्रै संरचना बनाउँदैनौँ, निजी क्षेत्र र व्यावसायिक क्षेत्रका लागि पनि संरचनागत क्षेत्रहरु छुट्याउँछौँ । त्यो रातारात बन्ने कुरा त होइन, कम्तीमा २० वर्षपछि सुन्दर शहर प्रदेशका जनतालाई उपहार दिन सक्छौँ ।

सम्बन्धित सामग्री

गण्डकीको गाँठो : केन्द्रको निर्देशन पर्खँदै मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएको दुई सातामा पनि कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । नयाँ गठबन्धनका दलबीच मन्त्रालयमा भागबण्डा नमिल्दा गत जेठ २९ मा मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पोखरेलको मन्त्रिपरिषद् अपूर्ण रहेको छ । प्रदेशमा नयाँ गठबन्धनका लागि निर्णायक मानिएका सत्ता सहयात्री साना पार्टीहरुले आकर्षक मन्त्रालयमा दाबी गरेका कारण मुख्यमन्त्रीलाई सकस परेको छ । आकर्षक मानिएको अर्थमन्त्रालय जसपालाई दिन गरेको सहमति कार्यान्वयन गर्न द