भिमफेदी-कुलेखानी सुरुङ बन्दा कम्तीमा ५ अर्बको इन्धन जोगिने

काठमाडौं। बागमती प्रदेश सरकारले बनाउने तयारी गरिरहेको भिमफेदी-कुलेखानी सुरुङमार्ग बनेपछि कम्तिमा ५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बचत हुने देखिएको छ। केही वर्षअघि इटालियन सरकारले गरेको अध्ययनले यस्तो देखाएको हो। तर, यो सर्वेक्षण ३५ वर्षअघि भएको थियो। त्यसको तुलनामा अहिले पेट्रोलियम पदार्थको मूल्य धेरै बढिसकेको छ।