भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१३ जना

भक्तपुर : भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४२ पुरुष र ७१ महिला गरी २१३ पुगेको छ।चार स्थानीय तहमध्ये सबैभन्दा धेरै मध्यपुर थिमि नगरपालिकामा ७९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यहाँ ५६ पुरुष र २३ महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। त्यसैगरी भक्तपुर नगरपालिकामा ३५ पुरुष र २३ महिला गरी ५८ जनाको मृत्यु भएको छ।त्यस्तै सूर्यविनायक नगरपालिकामा ३५ पुरुष र १८ महिला गरी ५६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। चाँगुनारायण