डिशहोममा मधेस प्लस च्यानल, स्थानीय भाषाका कार्यक्रम र टेलिश्रृखंला प्रशारण हुने

डिशहोमले मनोरञ्जनले भरिएको मधेस प्लस च्यानल संचालनमा ल्याएको छ ।  डिशहोमको च्यानल नं. ११९ मा यो च्यानल प्रशारण भईरहेको छ ।  नेपालमा नै पहिलो पटक भोजपुरी चलचित्र, गीत, मैथली, थारु, लगायतका मधेस क्षेत्रमा प्रचलनमा रहेका विभिन्न भाषा भाषिका गीत संगीत, टेलिचलचित्र तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुलाई प्राथमिकताका साथ प्रशारण गर्ने तयारी च्यानलले गरिरहेको छ ।  मधेस प्लस च्यानलमा हरेक शुक्रवार राती ८ बजे मैथली भाषाको समसामयिक, सामाजिक टेलिश्रृखंला मिथिलाञ्चली प्रशारण भइरहेको छ ।  मधेस प्लस च्...