चान्सुसहितको चिनियाँ भ्रमण टोलीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन (फोटोफिचर)

नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले आज भक्तपुर दरबार स्क्वायरकाे अवलोकन गरेको छ । सो अवसरमा उनीहरुको स्वागतमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । ली नेतृत्वको टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएको छ ।  राष्ट्रपति भण्डारीसँग दिउँसो भेटवार्ता गर्ने तालिका छ । 

सम्बन्धित सामग्री

जर्मन–दक्षिण एसियाली संसदीय टोलीद्वारा भक्तपुरका सम्पदाको अवलोकन

भक्तपुर – नेपालको भ्रमणमा रहेको जर्मन–दक्षिण एसियाली संसदीय समूहको टोलीले आज भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदास्थलको अवलोकन गरेको छ। भक्तपुरको दरबार क्षेत्रको अवलोकनमा आएको जर्मन–दक्षिण एसियाली संसदीय समूहमा सदस्य रेनेट कुनास्ट, एन्ड्रियास लरेम, पाउल लेहेरेदर, रिया स्क्रोडर, माल्टी काउफमान, अन्ड्रे हान, सोफिया तुम्स्का र सेबास्टियन स्केनेडरलगायतको सहभागिता रहेको थियो। सो टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल […]

स्पेनका सभामुखसहितको टोलीद्वारा भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडोको नेतृत्वमा नेपाल भ्रमणमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डलले आज विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक भक्तपुरको सम्पदाको अवलोकन गरेको छ ।          आज साँझ भक्तपुरको दरबार स्क्वायर आइपुगेको स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारी सहभागी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वाग्मती प्रदेश सभासदस्य सुरेन्द्रराज गोसाई, रजनी जोशी, सरस्वती वाटीलगायतले स्वागत गरे ।          डेल...