लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त, विवाद बढ्दै

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारमा जसपा सहभागी हुँदै

दाङ – लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी सहभागी हुने भएको छ। सम्भवतः सोमबार शपथग्रहण कार्यक्रम राख्ने तयारी छ। जसपाबाट प्रदेशको मन्त्रीमा भण्डारीलाल यादवलाई पठाउने तयारी भएको छ। भोलि बिहान बस्ने प्रदेश पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउने जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए। लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद छन्। मुख्यमन्त्री चयनको बेला विश्वासको […]

जसपा लुम्बिनी प्रदेश सदस्य पोखरेलले दिए राजीनामा

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का लुम्बिनी प्रदेश सदस्य उज्ज्वल पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ३ (१)मा अपेक्षित नतिजा नआएकोले राजीनामा दिएको उनले बताए ।पोखरेल सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष समेत हुन् । तीन दलीय तालमेलको तर्फबाट जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही–३ (१)प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव पराजित भएका छन् । यादवलाई पराजित गर्दै पाँच दलीय गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार सन्तोष कुमार पाण्डेय विजय

जसपा नेता मञ्जित यादव एमाले प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेश समिति सदस्य मञ्जित यादव (सोनु) नेकपा कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । शुक्रबार एमालेको नवौँ जिल्ला अधिवेशनमा यादव जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।उनलाई एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, स्थायी समिति सदस्य घनश्याम भुसाल, रुपन्देही जिल्ला अध्यक्ष शिवराज सुवेदी लगायतले पार्टीमा प्रवेश गराएका हुन् । यादव गत स्थानीय तहको निर्वाचनमा रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्ष पदमा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार भई

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा अशोक यादव चयन

१८ पुस, बुटवल । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ । दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो । समायोजनपछि साविक समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश […]

सम्पर्कमा आइन् लुम्बिनी प्रदेश सांसद विमला वली

‘हराएकी’ भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेको माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।  माओवादीले सांसद वली शुक्रवारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएको थियो ।  मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्कविहीन भएपछि मा‌ओवादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो । जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमा...

जसपा सांसद ढेगा पार्टी सम्पर्कमा, भन्छिन्–म तनावमा छु

बुटवल – आइतबारदेखि सम्पर्कबिहीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा पार्टीको सम्पर्कमा आएकी छिन् । जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप […]

पार्टीको सम्पर्कमा आइन् जसपा लुम्बिनी प्रदेश सदस्य ढेंगा

सम्पर्कविहीन जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सदस्य पुर्मति ढेंगा पार्टीको सम्पर्कमा आएकी छन् । कपिलवस्तुबाट आइतवार बिहानदेखि सम्पर्कविहीन  जसपा यादव पक्षका प्रमुख सचेतक ढेंगा रूपन्देहीस्थित निवासमा रहेको  जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए । ‘हामीसँग फोनमा कुराकानी भयो, पार्टीको सम्पर्कमा आउनुभएको छ,’ उनले भने ।  उनले रूपन्देही मणिग्राम मौवारीस्थित घरमा रहेको बताए । उनले पार्टीको सम्पर्कमा आए पनि कहाँ र किन सम्पर्कविहीन भएको भन्नेबारे विस्तृत विवरण नखुलेको बताए ।  जसपाले...

फुट सँघारमा जसपा

जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेपछि ‘प्रदेशमा मन्त्री भएकालाई कारबाही गरिएको’ जसपाले जनाएको छ । तर, पुनः अर्को पत्रमा ‘कसैलाई पनि कारबाही नगरिएको’ उल्लेख छ । जसपा अध्यक्ष महन्थ ठाकुरले बिहीबार पत्रमार्फत ‘कोही कसैलाई कारबाही नगरिएको’ जनाएका छन् । तर, जसपा अर्का अध्यक्ष उपेन्द्र यादव समूहले ‘पार्टी निर्णय नै नभ...

लुम्बिनी प्रदेश : सरकारमा सामेल जसपाका चारैजनाको सांसद पद खोसियो

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जनता समाजवादी पार्टीका चार सांसदलाई पार्टीले कारवाही गरेको छ । पार्टीले गरेको कारबाहीअनुसार उनीहरुको सांसद पद खोसिएको प्रदेशसभा सचिवालयले बिहीबार जनाएको हो ।प्रदेशसभा सचिवालयको सूचना पार्टीमा बिहीबार टाँसिएको सूचनाअनुसार जसपा नेपालको लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयको वैशाख १६ गतेको पत्रअनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट निष्काशन गरिएको हो ।जसपा नेपालको प्रदेशसभा संसदीय दलले राजनीति