भागरथीलाई न्याय माग्दै दैनिक प्रदर्शन, हत्यारा अझै पत्ता लागेन

धनगढी : बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका—७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि सडकमा निरन्तर विरोध प्रदर्शन भइरहेको छ। बैतडीलगायत सुदूरपश्चिमका सबै जिल्लामा दैनिकजसो विरोध प्रदर्शन भइरहेको छ। सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीमा मुख्यमन्त्री ज्यू ‘वि वान्ट जस्टिस’ को नारा चर्को बन्दै गएको छ।दैनिकजसो भइरहेका विरोध र प्रदर्शनले प्रदेश मुख्यमन्त्री कार्यालय घेरिन थालेको छ। किशोरीको हत्या प्रकरणका दोषीलाई तत्काल पत्ता लगाएर कारबाही गर्नुपर