नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति ०७७-७८ ले कृषि उद्यमको क्षेत्रलाई उत्साहित बनाएको छ । कार्यान्वयन पक्ष प्रभावकारी भएमा कोरोना भाइरसका कारण थलिएको कृषि अर्थतन्त्र उकास्न सहयोग पुग्ने कृषि उद्यमीहरुले जनाएका छन् ।
वाणिज्य वैंकहरुले गर्ने कर्जा प्रवाहमध्ये कृषिमा अनिवार्य रुपमा १० प्रतिशत प्रवाह गर्नुपर्ने प्रावधानलाई बढाएर १५ प्रतिशत कायम गरिएको छ । मौद्रिक नीतिमा उद्यमीलाई कर्जा तिर्ने समयावधी थप गर्नुका साथै ऋण सहजीकरणका व्यवस्थाहरु गरिएको छ । नीतिको कार्यान्वयन पक्ष पनि बलियो भए बजेटले ल्याउन नसकेको उत्साह मौद्रिक नीतिले थपेको पोल्ट्रि उद्यमी गुणचन्द्र विष्टले बताए ।