वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड अस्पताल बनाउन छलफल

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक ईश्वर पोखरेलले वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउन छलफल सुरु गरेका छन् । कोरोनाको नयाँ भेरियन्ट झन् चुनौतीपूर्ण बन्दै र शय्याको अभाव हुन थालेपछि वीर अस्पतालको नयाँ भवनलाई डेडिकेटेडमा बदल्न लागिएको हो । यस विषयमा पोखरेलले मुख्यसचिव शंकरदास वैरागी, सीसीएमसीका...

सम्बन्धित सामग्री

बेल्टारको कोभिड अस्पताल पुनः सञ्चालनमा

चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ। उक्त अस्पताल दुई महिनादेखि बन्द थियो।

महेन्द्रनगरमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुँदै

महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ।

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

गोरखामा अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी

गोरखा। सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ। गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए। “सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउन अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उनले भने। रासस

स्थानीय तहमा अक्सिजनसहित कोभिड अस्पताल

खलङ्गा, १४ जेठ: कोरोना भाइरसको दोस्रो लहर व्यापकरुपमा फैलिएपछि सङ्क्रमितका लागि जुम्लाका स्थानीय तहले अक्सिजनसहितका कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् । त्यहाँका सात गाउँपालिकाले अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन् । स्थानीय तहका कोभिड अस्पतालमा न्यूनतम तीनदेखि ३० अक्सिजन सिलिण्डरसम्म व्यवस्थापन गरिएको त्यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् । जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकामा […]

छत्रपाटी निःशुल्क चिकित्सालयमा कोभिड अस्पताल सुरु

काठमाडौंको छत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा आएको छ ।काठमाडौं महानगरको सहयोगमा बुधबारदेखि सुरु भएको कोभिड उपचार अस्पतालको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको हो । कोभिड अस्पताल सञ्चालनका लागि महानगरले पूर्वाधार सुधारका लागि ३० लाख ३४ हजार ७ सय ३५ रुपैयाँ र मासिक सञ्चालन खर्चवापत् […]

जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल

चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।

विराटनगरमा भेन्टिलेटरसहितको ६२ शय्याको 'कोभिड अस्पताल' सञ्चालनमा

विराटनगरको कोशी अस्पतालमा भेन्टिलेटरसहितको ६२ शय्याको 'कोभिड अस्पताल' सञ्चालनमा आएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस

५ जेठ, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेसँगै बसेको पहिलो बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड अस्पताल बनाउन सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डा. भीष्म अधिकारीलाई नियुक्त गरेको छ । प्रदेशको नीति […]

काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ। कोरोना संक्रमणको चापलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका सचिव लक्ष्मण अर्यालले काठमाडौंका वीर, पाटन, टेकू लगायतका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको बताए। निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिएको बताए।