पर्यटकीय क्षेत्रका होटल पुनः सञ्चालन

हिमाली क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन्।

सम्बन्धित सामग्री

लाङ्टाङ पदमार्गमा पर्यटक आगमन बढ्दै

रसुवा । कोरोना भाइरस संक्रणको जोखिमका कारण सुनसान रहेको लाङ्टाङ तथा गोसाइँकुण्ड पदमार्गमा विदेशी पर्यटक आगमन बढ्न थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाङ्टाङ र गोसाइँकुण्ड पदमार्गमा आन्तरिक एवं बाह््य पर्यटक आउन थालेका हुन् । पदयात्रीको आगमन शुरू भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेको होटल तथा लज पुनः सञ्चालन हुन थालेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए । पदमार्गमा पर्यटक घुम्न आउन थालेपछि कोरोना भाइरस संक्रमणले थला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ । एक–दुई दिन अगाडिदेखि दैनिक रूपमा १५–२० जना आन्तरिक र चार–पाँचजना बाह्य पर्यटक आइरहेको होटल व्यवसायीले बताएका छन् । अबका दिनमा पर्यटन क्षेत्र चलायमान हुने अपेक्षासहित यहाँका व्यवसायीले पदमार्गका होटल तथा लजमा थप सुदृढीकरणको गृहकार्य समेत अगाडि बढाइसकेको अध्यक्ष गजुरेलले जानकारी दिए । गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत रहेको जैविक विविधता, बुधवार परेको हिमपात एवं लौरीविनायक क्षेत्रबाट देखिने पश्चिम नेपालका अग्ला हिमश्रृंखलाले यात्रा मनमोहक बनाएको कपिलवस्तु वाणगंगा–८ का २४ वर्षीय हरि अर्यालले बताए । रसुवा ट्रेक एण्ड ट्राभल टुर ठमेल काठमाडौंमार्फत पर्यटककोे रूपमा गोसाइँकुण्ड आएका अमेरिकी नागरिक पाठरिक र बेलायतबाट आएका निकले हिमाली क्षेत्रको सुन्दरता हेर्न आफ्ना धेरै साथी आउन आतुर रहेको बताए । पहिलो चरणमा आफूहरूले भ्रमण सम्पन्न गरी दोस्रो चरणमा अन्य साथीभाइलाई रसुवाको भ्रमणमा पठाउने उनको भनाइ छ । चन्दनबारी, लौरीविनायक र गोसाइँकुण्डमा एक सातासम्म बस्ने उनीहरूको योजना छ ।      शिशिर ऋतुको फागुन, वसन्त ऋतुको चैत, वैशाख, गृष्म ऋतुको जेठ, शरद् ऋतुको असोज, कात्तिक र हेमन्त ऋतुको मङ्सिर महीना हिमाली पदयात्राका लागि अत्यन्त उपयुक्त समय भएको पर्यटन व्यवसायी गगनराज न्यौपानेले जानकारी दिए । धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड, जीव विशेषज्ञ स्व. डा. प्रह्लाद याञ्जेन रेडपाण्डा पदमार्ग अन्तर्गत लाङ्टाङ तथा क्याङ्जेन, तामाङ सम्पदा मार्गको गतलाङ, नागथली, थुमन र वृद्धिम क्षेत्र पर्यटकको मुख्य आकर्षण थलो भएको पर्यटन व्यवसायीले बताएका छन् । रासस

लाङ्टाङमा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

कात्तिक १४, रसुवा । नेपालको तेस्रो पर्यटकीय गन्तव्य लाङ्टाङ तथा धार्मिक क्षेत्र गोसाइँकुण्डमा आन्तरिक पर्यटकको आगमन क्रमश वृद्वि भएको छ ।  गत असोज २२ गते फुलपातिदेखि आन्तरिक पर्यटकको आगमन शुरू भएसँगै हिमाली क्षेत्रमा बन्द रहेको होटल व्यवसाय चलायमान हुन थालेको हो । दिनहुँ मौसममा सुधार, प्राकृतिक अवलोकनका लागि सहज र कोभिडका कारण बन्द रहेका होटल तथा लज पुनः सञ्चालन भएसँगै दैनिक सरदर करिब २०० को हाराहारीमा आन्तरिक पर्यटकको आवागमन भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले बताइन् । विदेशी पर्यटक भने फाट्टफुट्ट रूपमा मात्र आएका छन् । कोरोना भाइरसको संक्रमण अवस्था शून्यतामा झरि सकेकाले हिमाली पदयात्रीले निर्धक्क साथ आफ्नो यात्रा गरिरहेका छन् ।  बेँसीबाट लेक चढ्दा चिसोका कारण रूघाखोकी लाग्न सक्ने भएकाले तातोपानी पिउने र न्यानो कपडा लगाउन यात्रुलाई चिकित्सकले सुझाव दिएका छन् । चिसोको कारण उत्पन्न रूघाखोकी लाग्दा नआत्तिन आग्रह गर्दै चिकित्शकले भनेका छन्–तलतल झर्दा क्रमशः आराम हुँदै जान्छ । मानववस्ती नजिक हिमनदी अवस्थित लाङ्टाङको क्याङ्जेन क्षेत्रले पर्यटकलाई मनमोहक बनाई पठाउने गरेको र सुनसान रहेको हिमाली क्षेत्रमा मनिसको चहल बढेसँगै स्थानीयस्तरमा उत्साह बढेको पर्यटन व्यवसायी ढिण्डुप तामाङले बताए ।  पदयात्रामा युवा आउने गरेको र लाङ्टाङ क्षेत्रमा भ्रमण गर्ने आन्तरिक पर्यटक आफ्नो पदयात्रापछि प्रफुल्लित भएर फर्कने गरेको व्यवसायी तामाङले बताए । पर्यटकीय क्षेत्रका सबै स्थानमा होटल तथा लज सञ्चालनमा आइसकेको जानकारी दिँदै पर्यटन होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान उपनामले परिचित रामशरण गजुरेलले निर्धक्क साथ यात्रा गरी प्राकृतिक आनन्द लिन आग्रह गरेका छन् । यस्तै धार्मिक एवं पर्यटकिय क्षेत्र गोसाइँकुण्ड क्षेत्रको पदमार्गमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । भगवान् शंकर बिराजमान रहनुभएको पवित्र तीर्थ गोसाइँकुण्डको स्थान तथा पूजाआजा र प्राकृतिक छटाको दृश्य अवलोकनका लागि पर्यटक एवम् धार्मिक यात्रुको रूपमा अधिकांश मानिस गोसाइँकुण्ड जाने गरेका छन् । आन्तरिक पर्यटकको आगमन बढेसँगै रसुवाका पर्यटकीय क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत पार्न सुरक्षा गस्ती बढाइएकाले निधक्कका साथ यात्रा गर्न सम्पूर्ण पदयात्रीलाई आग्रह गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।  लाङ्टाङ तथा गोसाइँकुण्ड निकुञ्जको संरक्षित क्षेत्रमा पर्ने भएकाले हिमाली पदयात्रा गर्दा, फोहर जथाभावी नफ्याक्न, लठ्ठीको लागि बोटबिरूवा नकाट्न र वन्यजन्तु तर्सने खाले कुनै क्रियाकलाप नगर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले पदयात्रीलाई आग्रह गरेको छ । रासस

चाँगुनारायणमा घरबास पर्यटन शुरू

काठमाडौं । रात्रिकालीन पर्यटन प्रवर्द्धनका लागि चाँगुनारायण नगरपालिका–४ चाँगुमा सामुदायिक घरबास सञ्चालन गरिने भएको छ । २०७२ सालअघि केही घरमा सञ्चालनमा रहेका घरबास विनाशकारी भूकम्पपछि बन्द भएका थिए । चाँगुनारायणमा पर्यटकीय आकर्षणको रूपमा विस्तार गर्न नगरपालिकाको आर्थिक सहयोगमा पुनः घरबास पर्यटन शुरू हुने भएको हो । कोभिड–१९ को महामारी शुरू भएपछि संकटमा परेको पर्यटन व्यवसाय पुनः सञ्चालन गर्दै ग्रामीण क्षेत्रका बासिन्दालई पर्यटनसँगै जोड्दै आर्थिक अवस्था उकास्ने उद्देश्यले नगरपालिकाले घरबास सञ्चालनमा सहयोगसमेत गर्ने भएको छ । नगर प्रमुख सोमप्रसाद मिश्रले घरबास सञ्चालन गर्न समस्या भए सहयोग गरिने बताए । ‘पैसा नभएर काम रोकिँदैन, घरबास सञ्चालन गर्न इमानदार भएर काम शुरू गरे सहुलियत पूर्ण ब्याजमा नगरपालिकाले ऋण उपलब्ध गराउन मद्दत गर्नेछ ।’ भक्तपुर आउने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र नगरकोट र चाँगुनारायण क्षेत्रमा आकर्षित गर्न सके स्थानीयस्तरमा परिर्वतन हुने उल्लेख गर्दै उनले स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण गर्दै मौलिक खाना पाहुनालाई एकरात राखेर सांस्कृतिक पहिचान देखाउँदै घरबास सञ्चालन गर्न सके झनै लोकप्रिय हुने नगरप्रमुख मिश्रले बताए । चाँगुनारायण नगरक्षेत्रका जंगलमा दुर्लभ वन्यजन्तु, चराचुरुङी रहेको, झरना, पोखरी र सिमसार क्षेत्रको अवलोकन गर्दै पर्यटक रमाउन सक्ने प्रशस्त ठाउँ रहेको भन्दै उनले नगरपालिकाको लगानीमा यस्ता ठाउँको पहिचान गर्न पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरचना निर्माणमा नगरपालिका जुटेको बताए  नगरपालिकाका उपप्रमुख विना बास्तोलाले आर्थिक समद्धि र विकासका लागि पर्यापर्यटन निकै महत्त्वपूर्ण हुने भन्दै घरबास पर्यटनबाट यहाँको पर्यटन एवं आर्थिक विकासमा टेवा पु¥याउन नगरपालिका तयार रहेको बताइन् । वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चाँगुनारायण क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न नगरपालिकाले यहाँका सम्पदादेखि मौलिक संस्कृतिको विकासमा लगानी गर्न थालेको बताए ।      यसका लागि नगरपालिकाले चाँगुनारायण मन्दिर जान १००० सिँढी निर्माण, नारायणधारा सिँढी निर्माण, चारहाते भीमसेन सिँढी निर्माण, बसपार्कको सिन्हुख्वाः पोखरीको जीर्णोद्धार गरिएको जानकारी दिए । उनका अनुसार विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर परिसरमा चौघेरा सत्तल निर्माण भइरहेको, नारायण मन्दिर, छिन्नमस्ता मन्दिर, किलेश्वर मन्दिर निर्माण भइसकेको र अरू पनि निर्माण भइरहेको छ ।      ‘एक करोडमा बसपार्क निर्माण सम्पन्न गर्दै छौं, साँखुबाट चाँगुनारायण हुँदै भक्तपुर जाने सडक निर्माण सम्पन्न हुने चरणमा छ, मूलपानी चाँगु नगरकोट सडक निर्माण शुरू गरिएको छ,’ वडाध्यक्ष महर्जनले भने, ‘चाँगुनारायण दृश्यावलोकन परिक्रमा मार्ग निर्माण गरिएको छ, पर्यटकलाई एक रात चाँगुमा बस्ने गरी पर्यटनको विकासमा लागेका छौं ।’ चाँगुमा घरवास सञ्चालनका लागि दर्ता गर्ने क्रम शुरू भएको छ । पछिल्लो समय केही होटल निर्माण भए पनि कोरोनाका कारण सञ्चालन हुन सकेका छैनन् । अब टोल–टोलमै घरबास पनि शुरू गर्ने योजना छ । चाँगुनारायण मन्दिर अवलोकनका लागि विगतमा यहाँ दैनिक ५० देखि २०० सम्म पर्यटक आउने गरे पनि रात बसेर यहाँका प्राकृतिक सौन्दर्य र संस्कृतिमा रमाउन भने सकेका थिएनन् । जनजाति, नेवार, तामाङ, गुरुङ क्षेत्री सबै मिलेर बसेको यहाँ फरक जाति, भाषा, धर्म, संस्कृतिको पहिचान उजागर गर्दै पर्यटकलाई लोभ्याउने कार्यक्रम घरबासमा सञ्चालन गर्ने योजना रहेको बताए । रासस

पोखराका १० प्रतिशत होटल सञ्चालन

कोरोना भाइरसको कारण देशमा लगातार ४ महिना भन्दा बढी समय लकडाउन हुँदा प्रभावित भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन गत बिहीबारदेखि पोखरा क्षेत्रका होटल तथा रेष्टुरेण्टहरु पुनः सञ्चालन हुन थालेका छन् । पोखरा क्षेत्रको पर्यटन क्षेत्रलाई चलायमान बनाउन बिहीबारदेखि होटल तथा रेष्टुरेण्ट पुनः सञ्चालनमा आएको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनका अनुसार ३० प्रतिशत जसो पर्यटकीयस्तरका रेष्टुरेण्टहरु बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । रेवान पोखराका पूर्वअध्यक्ष समेत रहेका उपाध्यक्ष भट्टराईले हाल आगन्तुक पाहुनालाई स्वागत गर्न स्वास्थ्य मापदण्ड पूरा गरी पोखराका व्यवसायीहरु पर्यटकीय गतिविधि चलायमान बनाउन सुरु गरेको जनाए ।

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी

पर्यटकीय गतिविधि पुनः सञ्चालन गर्न पोखरा क्षेत्रका पर्यटन व्यवसायी तयारीमा जुटेका छन् । कोरोना भाइरसका कारण देशमा लगातार ४ महिना लकडाउन हुँदा प्रभावित भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक तयारीमा जुटेको पोखराका पर्यटन व्यवसायीहरु बताउँछन् । साउन ७ गतेदेखि लकडाउन खुले पनि होटल, रेष्टुराँसहितका केही सेवा साउन १५ देखि सञ्चालन हुने भएसँगै पोखरा क्षेत्रका पर्यटन व्यवासयीहरु पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा जुटेको पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले बताए । उनले भने, “भदौ १ गतेदेखि लामो दुरीका यातायात सेवा, आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा पुनःसञ्चालन हुने हुँदा पर्यटकीय गतिविधि त्यसबाट बढ्ने अपेक्षासहित हामी अब आन्तरिक तयारीमा जुटेका छौं । ”