आन्दोलन छाडेर संवादमा आउन कानुन व्यवसायीहरुलाई प्रधानन्यायाधीश जबराको आह्वान (विज्ञप्तिसहित)

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्ध आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादमा आउन आह्वान गर्नु भएको छ । आज विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबराले आन्दोलन छाडेर संवादमा आउन आह्वान गर्नु भएको हो । न्यायपालिकामा उत्पन्न गतिरोधबारे चिन्ता व्यक्त गर्दै उहाँले छलफलमा आउन आह्वान  गर्नु भएको हो । उहाँले विधिको पक्षमा कर्तव्य निर्वाह गर्ने सिलसिलामा यदाकदा प्रश्नहरू उठ्दा त्यसलाई तत्काल सम्बोधन गर्दै बार एसोसिएशन र न्यायपालिकाबीच हातेमालो हुने गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । विज्ञप्तिमा उहाँले वर्तम...

सम्बन्धित सामग्री

विवादमा प्रधानन्यायाधीश: सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन् । कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरा कर्तव्य विमुख भएको निष्कर्ष निकाल्दै राजीनामा नआए आफ्ना इकाईमार्फत देशभर आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।