राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले आगामी निर्वाचनपछि मात्र पार्टी नेतृत्वबाट विश्राम लिने बताएका छन् । सोमबार काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘केही काम अधुरा छन् । यी कामलाई छोडेर पलायन हुने मलाई अधिकार छैन । मैले कति बेला विश्राम लिनुपर्छ थाहा छ । पार्टीलाई आगामी निर्वाचनपछि एउटा अग्रणी शक्तिका रूपमा स्थापित गरेपछि, चाँडो भन्दा चाँडो राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने आधार भएपछि स्वाभाविक रूपले मैले विश्राम लिनुपर्छ ।’अहिलेक