सरकारले अध्यादेशमार्फत संघीय निजामती सेवासम्बन्धी ऐन ल्याउने तयारी गरेको छ । निजामती सेवालाई निर्देशित गर्ने संघीय निजामती सेवासम्बन्धी कानुन नबन्दा कर्मचारी व्यवस्थापन अन्योलमा परेको स्थितिलाई मध्यनजर गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएको हो ।
प्रशासनिक संघीयता कार्यान्वयन गर्न ढिलाइ भएकोले ऐन ल्याउने गृहकार्य भइरहेको जानकारी दिंदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले भने– ‘संसद्को हिउँदे अधिवेशनअघि नै अध्यादेशमार्फत् सो ऐन ल्याउने तयारी भइरहेको छ ।’ नेप...