मकवानपुर – सुरक्षित आप्रवासन परियोजना सामी मकवानपुरले चालु आर्थिक वर्षको ६ महिनामा ११ सय ६७ जनालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पासपोर्ट बनाउन आउने २ हजार १५९ जना मध्ये ११ सय ६७ जनालाई आप्रवासी स्रोत केन्द्र एमआरसी मकवानपुरले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान गरेको हो ।
यस्तै सामी परियोजना अन्तर्गत वैदेशिक रोजगारीमा गएर फर्किएका रिटर्नी स्वयमसेवकमार्फत जिल्लामा १२९ घरधुरीका २ हजार ५९ जनालाई व्यक्तिगत भेटघाट गरेर पनि सुरक्षित वैदे...