संविधानको रक्षाका लागि कम्युनिस्टसँग गठबन्धन गर्नुपर्यो : पूर्णबहादुर खड्का

बागलुङ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षाका लागि कम्युनिस्टहरूसँग एकता गरेको बताएका छन्। नेपाली कांग्रेस बागलुङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रतिगमनविरुद्ध र कम्युनिस्ट पार्टीलाई एकै ठाउँमा हुन नदिन अहिलेको गठबन्धन गरिएको बताए।कम्युनिस्ट पार्टीसँग गठबन्धन नगरे उनीहरू एक हुँदा एमाले हाबी हुने र संविधान नै धरापमा पर्ने भएकाले माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग सहकार्य गरिएको ख

सम्बन्धित सामग्री

प्रचण्डलाई पार्टीमा सल्लाह गर्छौं भनेर पठायौं : पूर्णबहादुर खड्का (अन्तर्वार्ता)

२५ पुस, काठमाडौं । गठबन्धन टुटाएर नयाँ समीकरणअन्तर्गत प्रधानमन्त्री बनेपछि पुष्पकमल दाहाल प्रचण्ड पहिलोपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगे । धुम्बाराहीमा सरेका देउवाको निवासमा प्रचण्डसँग कुराकानीमा थिए नेताहरु पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला । उनीहरुले प्रचण्डसँग सौहार्द वार्ता गरेको बताए, तर भित्र खास कुरा के भयो भन्नेबार स्पष्ट बताएनन् । […]

सुर्खेत-१ मा पूर्णबहादुर खड्का निर्वाचित

काठमाडौं, ८ मंसिर । सुर्खेत १ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले ४२६०७ मत ल्याएर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् । निर्वाचित खड्का र पराजित शाहीबीच ११६१९ को मतान्तर छ । खड्का सत्ता गठबन्धनको साझा उम्मेदवार थिए ।

सुर्खेत १ मा कांग्रेसका पूर्णबहादुर खड्का ११ हजारभन्दा धेरै मतान्तरसहित विजयी

सुर्खेत – प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्का ११ हजार ६ सय १९ मतान्तरसहित विजयी हुनुभयाे । सुर्खेत १ मा पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीलाई पराजित गर्दै विजयी हुनुभएको हो । कांग्रेसका खड्काले ४२ हजार ६ सय ७ र एमालेका शाहीले ३० हजार ९ सय ८८ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहम्मद हसरत अलीले ८ सय ९७ मत प्राप्त गर्नुभएकाे छ ।

पूर्णबहादुर खड्का : गठबन्धनको आडमा जितको सुनिश्चितता खोज्दै

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का बहुदल पुनस्र्थापना भएपछि २०४८, २०५१ र २०५६ सालको आम निर्वाचन जितेर लगातार सांसद, मन्त्री भए । नेकपा -माओवादी)को लहर चलेको २०६४ मा भने खड्काले संविधानसभामा पुग्ने समानुपातिकको बाटो रोजे । माओवादीको प्रभाव घटेको २०७० सालमा फेरि प्रत्यक्ष निर्वाचन जितेरै दोस्रो संविधानसभामा पुगे उनी । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संघीय […]

सुर्खेत-१ बाट पूर्णबहादुर खड्का सर्वसम्मत उम्मेदवार सिफारिस

१६ भदौ, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । त्यस्तै क्षेत्र नमबर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको प्रतिनिधि सभा एक क्षेत्रीय समितिका सचिव मोहन […]

पूर्णबहादुर खड्का कांग्रेस प्रशिक्षण प्रतिष्ठान प्रमुखमा मनोनीत

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा उपसभापति पूर्णबहादुर खड्का मनोनीत भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई शुक्रबार उक्त पदमा मनोनीत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'नेपाली कांग्रेसको विधान २०१७ को धारा ३६ (१) (क) बमोजिम नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर…

उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का किसुनजीको आश्रममा पुगे (फोटोफिचर)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का कृष्णप्रसाद भट्टराईको ललितपुरको बाडेगाउँमा रहेको कुटीमा पुगेका छन् । उनले त्यहाँ रहेको किसुनजीको शालिकमा माल्र्यापण गरेका थिए । किसुनजीलाई आर्दश मान्ने खड्का उपसभापतिमा निर्वाचित भएपछि नै पहिले त्यहाँ पुगेका हुन् । कांग्रेसको इतिहासमा खड्का र धनराज गुरुङ पहिलो निर्वाचित उपसभापति बन्न सफल भएका […]

काँग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।  उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् ।खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् । देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त

पूर्णबहादुर खड्का जित नजिक, गच्छदार र धनराजबीच कडा टक्कर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाअनुसार देउवा प्यानलका पूर्णबहादुर खड्का जित नजिक पुगेका छन् भने देउवा प्यानलका विजय गच्छादार र शेखर काइराला प्यानलका धनराज गुरुङबीच कडा टक्कर चलिरहेको छ । पछिल्लो मतपरिणाम भने आउन बाँकी छ । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्काको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल एपिएफ अस्पतालले जनाएको छ ।  कोभिड–१९ निमोनिया भएपछि खड्का गत १२ असोजदेखि एपिएफ अस्पतालमा उपचाररत छन्...