बालेन्द्र साहविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अवहेलना मुद्दा परेको छ । नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुनेगरी शाहले टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेका हुन् । साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।  त्यसले  अदालतको अवहेलना गरेको जोशीको तर्क छ। सो मुद्दामा आजै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइने

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याईनेमा परेको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको थियो । कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुँयालको संयुक्त इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न […]

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध ‘अदालतको अवहेलना’ मुद्दा

न्यायाधीशले घुस खाएको अभिव्यक्ति दिएका कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध ‘अदालतको अवहेलना’ सम्बन्धी २ वटा मुद्दा दर्ता भएको छ।...

मेयर बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा : सात दिनभित्र जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं : अदालतको अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सर्वोच्च अदालतले सात दिनभित्र जवाफ दिन आदेश दिएको छ। न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अवहेलना मुद्दामा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो। अधिवक्ता दीपकराज जोशीले मेयर साहविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका हुन्। नर्भिक अस्पतालले बनाएको अवैधानिक संरचना भत्काउने कार्य अदालतले अन्तरिम आदेशबाट रोकिदिए पनि बालेनले नक्सा पास नगरी बनाएका संरचनालाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार संविध

बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश […]

बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा

१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले […]

साढे आठ वर्षमा पनि कार्यान्वयन भएन ‘नो भोट’ , सर्वोच्चमा अवहेलना मुद्दा दायर

२१ पुस २०७० मा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले दिएको ‘नो भोट’ को आदेश कार्यान्वयन नभएपछि सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा बिहीबार दर्ता गराएका हुन् । उनले मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र निर्वाचन आयोगका पदाधिकारीलाई विपक्षी बनाएका छन् । अवहेल

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा (प्रचण्ड–नेपाल) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पनि अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायुले सोमबार प्रचण्डविरुद्ध रिट दर्ता गर्नुभएको हो । सर्वोच्च अदालतले मुद्दा दर्ता गर्दै मंगलबारलाई पेसी तोकेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्वप्रधानन्यायाधीश तथा पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा परेको छ ।

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, भोलि पेसी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता समीर हायुले आइतबार अध्यक्ष प्रचण्डविरुद्ध  सर्वोच्च अदालतमा अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाकारी दिए। पौडेलका अनुसार निवेदन हिजै दर्ता भएको र भोलिका लागि पेसी तोकिएको छ। प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्

पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

१३ माघ, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । राजाराम घिमिरेसहित ४ जनाले ढुंगानाविरुद्ध दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले दर्ता गरेको हो । ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै उनीहरुले अवहेलना मुद्दा दर्ता गरेको बताएका छन् । ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्यूँताउनुपर्छ, सडकबाट न्यायाधीश तान्ने […]

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा

अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै सर्वोच्च अदालतमा ४ जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ताको निवेदन पेश भएको छ ।  पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको हो ।  कुमार शर्माले अवहेलनासम्बन्धी मुद्दा दर्ताका लागि निवेदन दिएका हुन् ।  सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले अवहेलना मुद्दा दर्ताको प्रक्रियामा रहेको र आजै दर्ता हुने लोकान्त...