माधव नेपालको साथ छाडेका नेताहरू उपस्थित भएको एमाले स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम भने अनुपस्थित भएका छन् ।
एमालेलाई जेठ २ को अवस्थाका फर्काउने सहमतिपछि नेपाल पक्षका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी भएका हुन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय ललितपुरमा मंगलवार बसेको स्थायी कमिटी बैठकमा गौतम अनुपस्थित रहेका हुन् । माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी पार्टीले गौतम आफ्नो पार्टीमा आउने दाबी गर्दै आएको छ ।
तर, सचिवालयले भने गौतम एमालेमै रहेको बताएको थियो । माधव नेपा...