जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी भएको ५ महिना अर्थात् आज १५२ दिन पुगेको छ । जसपाबाट सरकारमा सहभागी भएका चारजना मन्त्रीले आआफ्नो मन्त्रालयको सय दिने प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । सरकारमा सहभागी भएपछि मन्त्रालय स्तरमा उनीहरुले के कति काम गरे भन्ने मूल्याङ्कन हुँदै गर्ला तर मधेसको माग मुद्दाको बारेमा भने एक पाइला पनि अघि नसरेको गुनासो बढ्दै गइरहेको छ । मधेसको माग पूरा गराउने उद्देश्यले सरकारमा जसपा नेपाल सहभागी भएको थियो । यद्यपि सरकारमा सहभागी हुँदा उसले काँग्रेससँग कुनै लिख