काठमाडौँ । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने बताएका छन्। अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको औँल्याएका सिंहले लोकतान्त्रिक पद्धति जोगाउन पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताए। उनले यो कुरा कोटेश्वरमा हिजो (बुधबार) आयोजित कार्यक्रममा भनेका हुन्। ‘पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाई राख्न नेतृत्व परिवर्तनको आवश्यकता छ,’ उनले भने। सिंहले […]