नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाललाई सबै किसिमका सहयोग गर्न चीन तत्पर रहेको बताएकी छन् ।
सोमवार अन्लाइन पत्रकार सम्मेलन गर्दै राजदूत होउले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा नेपाल महत्त्वपूर्ण साझेदार रहेको बताउँदै चीन र नेपालबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यले सकारात्मक प्रगति गरेको बताइन् ।
चाइना एड दरबार हाईस्कूल पुनर्निर्माण परियोजना सम्पन्न भएर नेपाली पक्षलाई हस्तान्तरण गरिसकेको उनले बताइन् । टोखा–छहरे सुरुङ परियोजनाको सम्भाव्यता पूर्व अध्ययनको काम सकिएको पनि उनको भनाइ छ ।
पोख...