कोरोनाभाइरस सङ्क्रमणको उच्च वृद्धिको सामना गरिरहेको बङ्गलादेशले मंगलबारदेखि उच्च जोखिमबीच शिविरहरूमा बसिरहेका रोहिंज्या शरणार्थीहरूलाई खोप अभियान सुरू गरेको छ ।
विकासोन्मुख दक्षिण एसियाली यस राष्ट्रमा म्यानमारबाट आई शरणार्थीका रूपमा बसिरहेका हजारौँ रोहिंज्या समुदाय कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिमबीच शिविरमा बस्दै आएका छन् ।
स्वास्थ्य अधिकारीका अनुसार करिब आठ लाख ५० हजार रोहिंज्या बसोबास गर्ने शिविरहरूमा अहिलेसम्म दुई हजार ६०० व्यक्ति सङ्क्रमित भइसकेका छन् भने २९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । कोभिड–...