काठमाडौं : प्रतिनिधि सभा विघटन सम्बन्धमा परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित १४६ जना सांसदले दायर गरेकाे रिटमा सबैभन्दा पहिला सुनुवाइ हुन लागेको हो। आज देउवाको रिटमा मात्रै सुनुवाइ हुने सर्वोच्च अदालत जनाएको छ।गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्। राष्ट्रपतिले प्रतिनिधि सभा विघटन