जाजरकोट : विपद्‌ निम्तिँदा उद्धार गर्न सबै पालिकामा हेलिप्याड

जाजरकोट : पहाडको भिरालो जमिनमा जथाभाबी डोजर प्रयोग भएकाले पहिरो जोखिम बढ्नसक्ने भन्दै प्रत्येक पालिकामा स्वयंसेवक गठन र हेलिप्याड निर्माण गर्ने निर्णय भएको छ।  विपद्‌का बेला उद्धार कार्यमा सघाउ पुर्‍याउन पालिका स्तरमा हेलिप्याड निर्माण गर्ने निर्णय भएको विपद्‌ व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए। बर्खा शुरू भएसँगै सदरमुकामबाट गाउँ-गाउँसम्म पुग्ने सडक अवरुद्ध हुने हुनाले विपद्‌का बेला उद्धार तथा राहतका क...