काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी राष्ट्र मरिससको राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ।
मरिससको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।