गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका किशोरलाई पक्राउ गरेको छ।
विद्यालय छुट्टी भएर घर जाने बेला ती बालकले बालिकालाई शौचालयमा जबरजस्ती करणी गरेको घटनाको गोरखा प्रहरीले अनुसन्धान गरिरहेको छ। यही माघ २१ मा घटना भएको हो। २२ गते बालिकाकी आमाले प्रहरीमा किटानी जाहेरी दिएकी छन्। नागरिक दैनिकमा खबर छ ।