राप्रपा महामन्त्रीमा नायिका थापाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा शुक्रबार महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्न जाँदै राप्रपाकी नेतृ एवं चर्चित नायिका रेखा थापा ।

सम्बन्धित सामग्री

राप्रपा महामन्त्रीमा कुन्तीकुमारीसँग हारिन् रेखा थापा

काठमाडौँ – नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा पराजित भएकी छन्। राप्रपाको महिला महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्तीकुमारी शाहीसँग पराजित भएकी हुन्। थापाले एकहजार ६४७ मत ल्याउँदा विजेता शाहीले २ हजार ८ मत पाएकी थिइन्। थापाले अध्यक्षमा विजयी राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी थिइन्। शाहीले भने पराजित कमल थापाको प्यानलबाट महिला महामन्त्रीमा उम्मेदवारी दर्ता […]

रेखालाई जिताउन भोट माग्दै रेजिना (तस्बिरहरु)

काठमाडौं । अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । दोस्रो दिन शनिबार चुनावी प्रक्रिया सुरु भएको छ र उम्मेदवारहरु महाधिवेशन प्रतिनिधिसँग भोट माग्न व्यस्त देखिन्छन् । नायिका रेखा थापा यसपटक राप्रपा महाधिवेशनकी आकर्षण बनेकी छिन् । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी रेखा भोट माग्न समेत व्यस्त छिन् । […]

राप्रपा महाधिवेशन : रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिने

नायिका रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । यसअघि सो पार्टीका केन्द्रीय सदस्य समेत रहेकी नायिका थापाले  (महिलातर्फ) महामन्त्री पदमा उम्मेदवारी दिने भएकी हुन् ।थापा केही दिनअघि राजेन्द्र लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा उनीसँगै देखिएकी थिइन् ।  राप्रपा प्रवेश गर्नुअघि थापा नेकपा माओवादीमा थिइन् । राप्रपामा नयाँ नेतृत्वको चयनका लागि शुक्रबार मतदान हुन लागेको छ । राजधानीमा बुधबारदेखि सुरु महाधिवेशन अहिले जारी छ ।