भ्रष्टाचार नगर्ने भन्दै भगवत गीता छोएर सांसद शर्माले लिए शपथ

मोरङ क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले आज संसद भवनमा शपथ ग्रहणका क्रममा भगवत गीता छोएर भ्रष्टाचार नगर्ने अठोट गरेका छन् । सांसदहरुको शपथ ग्रहणका क्रममा डा.शर्माले पद तथा गोपनीयताको शपथसँगै भ्रष्टाचार नगर्ने अठोट पनि गरेका हुन् ।चुनावी अभियानका क्रममा उनले भ्रष्टाचार नगर्ने उद्घोष गरेका थिए । सोही अनरुप उनी कसम खानका लागि भगवत गीता बोकेरै संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । शर्मासहित सबै निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशमशेर जबराले सपथ

सम्बन्धित सामग्री

बागमती प्रदेशका ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

१३ पुस, हेटौडा । बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् । बागमती प्रदेशसभाका ११० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार प्रदेश प्रमुखकाे कार्यालयमा शपथ गराएका हुन् । ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए […]

फरार र निलम्बित सांसद पनि लिए शपथ

काठमाडौं, पुस ८ । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई […]

फरार र निलम्बित सांसद पनि लिए शपथ

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी-१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए । २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका

संस्कृत भाषामा शपथ खाने पहिलो सांसद

काठमाडौं, पुस ८ । नेपालको संसदीय इतिहासमा पहिलोपटक विश्वकै पुरानो भाषा संस्कृतमा शपथ लिइएको छ । बज्जिका मातृभाषा बोल्ने स्वतन्त्र सांसद किरणकुमार साहले बिहीबार गेरुवा वस्त्रमा संस्कृत भाषामा शपथ लिएसँगै यसको चर्चा सुरु भएको छ । रौतहट क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित ४६ वर्षीय साह संस्कृत भाषामा शपथ खाने नेपालकोे पहिलो सांसद बनेका […]

१७ सांसद आएनन् शपथ ग्रहण कार्यक्रममा

काठमाडौं– प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद् सचिवालयले जनाएको छ । बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूको शपथ पछि हुनेछ ।

सांसद रवि लामिछानेको शपथ नरोकिने

काठमाडौं, पुस ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्यको शपथ नरोकिने भएको छ। शपथ रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चको संवैधानिक इजलासले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि बिहीबारका लागि तय भएको शपथ हुने भएको हो। यद्यपि अदालतले अन्तरिम छलफलका सम्बन्धमा दुवै पक्षलाई बोलाएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए। […]

जेष्ठ सांसद पशुपतिशम्शेर राणाले लिए राष्ट्रपतिबाट शपथ

काठमाडौं : राप्रपाका सांसद पशुपतिशम्शेर राणाले जेष्ठ सदस्यका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन्। बुधवार शीतल निवासमा राणाले राष्ट्रपतिबाट शपथ लिएका हुन्। योसँगै राणाले बिहीवार नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउनेछन्। उनी राप्रपाको समानुपातिकबाट सांसदमा निर्वाचित भएका हुन्।

कर्णालीका सबै माओवादी सांसद मन्त्री, आज दुई मन्त्रीको शपथ

कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन । सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।माओवादीले सबै सांसदलाई भागबण्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजीनामा दिन लगाएको थियो । सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई