१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिको उक्त ट्रेजरी बिल सोमबार बोलकबोल भएर मंगलबार जारी हुनेछ । सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुने सकिने केन्द्रीय बैंकले जनाएको छ ।