शनिबारदेखि वीर अस्पतालको नयाँ भवन, खरिपाटी, इचङ्गु र दहचोकमा भएका संरचना कोभिड अस्पताल सञ्चालन गरिने

काठमाडौं। शनिबारबाट वीर अस्प्तालको नयाँ भवनका साथै खरिपाटी, इचङ्गु र दहचोकमा भएका संरचनालाई आइसीयु बेडसहितको कोभिड अस्पतालमा रुपान्तरण गरी सञ्चालनमा ल्याइने भएको छ। मुख्य सचिव शंकर दास वैरागीको अध्यक्षमा बसेको कोभिड सहजिकरणको बैठकले उक्त निर्णय गरेको हो। यसको सञ्चालन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा नेपाली सेनाले गर्नेछन्। अस्पतालले कोरोना विरामीलाई थेग्न नसकेपछि ती संरचनालाई कोभिड अस्पताल बनाउन लागिएको हो।