खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं। नेपाल खेलकुद महासंघ (नेकोस)ले ईटहरीस्थित प्रदेश नम्बर एक क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको स्थाई कमिटी सदस्य सुरेश कार्कीले बताए। महासंघका उपाध्यक्ष तथा कोभिड–१९ राष्ट्रिय अभियानका संयोजक परशुराम बस्नेतले दुई हजार २५० थान मास्क, १० लिटर स्यानिटाईजर र केही दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन्। महामारी रोकथामका लागि अन्य क्षेत्रमा सहयोग गरेको कार्कीले बताए।

सम्बन्धित सामग्री

कर्णाली अस्पतालाई साढे ६ लाखको स्वास्थ्य सामाग्री

कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।...

लायन्स क्लबद्धारा लिखु गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

लायन्स क्लब अफ पोकली वाटरफल र लायन्स क्लब अफ काठमाडौं हाइटले ओखलढुंगास्थित लिखु गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं। बर्दियाको बारबर्दिया नगरपालिकालाई पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको छ। नगरपालिकाको संस्थागत आइसोलसन, स्वास्थ्य संस्था तथा होम आइसोलेसनका लागि करिब ५ लाख ३१ हजार ८ सय रुपैया बराबरको सामग्री प्रदान गरेको थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती चौधरीले बताइन्।

दक्षिण कोरियाद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो। नेपालका लागी कोरियाली राजदूत  पार्क छोङ सुकले  किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका स्वास्थ्य समन्वय डिभिजनका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका थिए।हस्त

भेरी र बर्दिया अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

कोरानाको हटस्पट बनेको बाँकेको नेपालगन्जस्थीत भेरी अस्पताल र  बर्दिया अस्पताललाई समाजसेवी देव अर्यालले स्वास्थ्य सामाग्री प्रदान गरेका छन्।

चीनले दिने कोभिड–१९ विरुद्धको स्वास्थ्य सामाग्री बुधबार आउने

काठमाडौं। परराष्ट्र मन्त्रालयले चीनको सिचुवान प्रान्तले नेपाललाई सहायता स्वरुप प्रदान गरेको ३.०६ मिलियन आरएमबी (५ करोड ५७ लाख रुपैयाँ) बराबरको कोभिड–१९ विरुद्धको स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुग्ने भएको छ। सिचुवान एयरलाइन्सको चार्टर काग्रो उडानबाट ती सामाग्री काठमाडौं ल्याउन लागिएको हो। यस्तै अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग आज रातीसम्ममा काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ।

ईदको अवसरमा स्वास्थ्य सामाग्री प्रदान

अमृत अर्याल, स्याङजा । इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्रको अवसर पारेर मुस्लिम युवाहरुले कोरोना नियन्त्रणका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । कोरोना संक्रमणका कारण सबैजना मस्जिदमा भेला भएर मनाउने अवस्था नरहेका बेला मुस्लिम युवा क्वलका केही पदाधिकारीले कारागारमा आश्रित कैदीवन्दी , सुरक्षाकर्मी र लागु पदार्थ तथा एचआइभी एड्स नियन्त्रणका क्षेत्रमा कार्यरत संस्था जीवन बाटिकालाई […]

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरिएको छ । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो । सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् ...