अध्यक्ष तिमल्सिनाद्वारा राउटे बस्तीको अवलोकन

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे छलफल गरेका छन् । अध्यक्ष तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट र त्यहाँको अवस्थाबारे अवलोकन गरेका हुन् ।कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले मंगलबार सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चे पुगेर राउटे समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए । उनले भने, &lsquo