काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने दुईजनालाई यस वर्ष सम्मान र पुरस्कार प्रदान गर्ने भएको छ। आयोगको बैठकले २०८२ सालका लागि स्व. दयाराम परियार स्मृति सम्मान इलामका शङ्कर लिम्बूलाई र मानव अधिकार पुरस्कार अछामकी पत्रकार मेनुका ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको हो। आयोगका दिवंगत कर्मचारी दयाराम परियारको नाममा […]