सबै क्षेत्रमा मतपेटिका मतगणना स्थलमा पुर्याउन थालिएको निर्वाचन कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सहमति जुटे आजै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत भुवन थापाले जानकारी दिए ।
निर्वाचन आयोगले मतपेटिका संकलन भएका स्थानमा आज रातिबाटै गणना सुरु गर्ने जनाएको छ । ललितपुरसहित धेरै ठाउँका मतदान अधिकृतले मतपेटिका संकलन गरेर आजै रातिबाट मतगणना थाल्ने तयारी गरिएको आयोगले जनाएको छ ।
उदयपुर । उदयपुरमा ५० प्रतिशत मतदान भएको छ । यहाँ २ लाख ३८ हजार ९ सय २६ मतदाता छन । जसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा १ लाख ४२ हजार ८ सय ४ मतदाता रहेको यस क्षेत्रमा ५२ मतदान स्थल मा १६० मतदान केन्द्र रहेका छन । उदयपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा जानका […]