मिटरब्याजको पासोमा गरिब नेपाली

२०७३ सालमा धरानकी विमला गजमेर र उनका श्रीमान्‌ले ललितपुरमा सुन पसल खोले। व्यापारको सुरुवात गर्न गजमेर दम्पतीले कोटेश्वरकी सरला गिरीबाट ६ लाख रुपैयाँ ऋण लिए। सुरुमा यो लेनदेन ‘विश्वास’ मा गर्ने भनिए पनि गिरीले मासिक ३६ प्रतिशतको तमसुकमा औँठाछाप नलगाई पैसा दिइनन्। ‘बिस्तारै तिर्दै गइएला’ ठानेर गजमेर दम्पतीले औँठाछाप लगाइदिए। पटक पटक गरेर सावाँको झन्डै […]