यो चुनावी सरकार मात्र होइन, कसैको धम्कीबाट डराउँदैनौँ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको २२ औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार सुशासनको माग राखि भएको जेन–जी आन्दोलनको जगमा बनेको सरकार भएको बताउनुभयो । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तिब्र गतिमा काम गरिरहेको उहाँको दाबी छ […]