काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा छापा मारेको छ। मध्य भोटेकोसी आयोजनासँग सामाजिक उत्तरदायित्वका नाममा पाँच करोड रुपैयाँ असुल गरेको उजुरी परेपछि अख्तियारले छापा मारेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए। मेयर बालकृष्ण बस्नेतसहितका व्यक्तिमाथि उजुरी परेपछि छापा मारेर कागजात जफत गरिएको पौडेलले बताए। अख्तियार मुख्यालय टंगालबाट खटिएको टोली आइतबार बाह्रबिसे नगरपालिका पुगेको थियो। अख्तियार […]