काठमाडौं– राजनीतिक दलका नेताहरूले सरकार, जेन-जी र राजनीतिक दलबीचको त्रिपक्षीय संवादको थालनीले राज्यको प्राथमिकतामा रहेको निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूले गत भदौ २३ र २४ को जेन-जी समूहको आह्वानमा भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण संवादहीनताको अवस्था सिर्जना गरेकामा पछिल्लो त्रिपक्षीय छलफलबाट विश्वासको वातावरण कायम भई निर्वाचनमा जाने विषयमा अलिखित सहमति […]