अण्डमान सागरमा डुङ्गा डुब्दा करिब २५० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन्। बेपत्ता हुनेको सूचीमा बालबालिका पनि रहेको संयुक्त राष्ट्रसंघका शरणार्थी र आप्रवासनसम्बन्धी निकायहरूले जनाएका छन्। बंगलादेशबाट मलेसियातर्फ जाँदै गरेको उक्त डुङ्गा तीव्र हावा, ठूलो छाल र अत्यधिक चापका कारण डुबेको बताइएको छ। डुङ्गा कहिले डुब्यो भन्ने यकिन छैन। […]
चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न नसकेको हो ।