झापा इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। शुक्रबार कम्पनीको ३८ लाख १ हजार ९०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँ १२ पैसादेखि ३०० रुपैयाँ ३६ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारदेखि नियमित दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ।