सुस्ता गाउँ घुम्दै गर्दा अनायासै देशप्रति माया लाग्यो। अझ बढी मधेसका सिमानाका नागरिकहरूप्रति माया लाग्यो। दोधारा चाँदनीपछि सुस्तामा मैले केही बेर आफूलाई त्यही ठाउँमा राखेर हेरेँ। मेरो निष्कर्ष फेरिएन, म तराईका भूमिपुत्रहरूद्वारा संरक्षित एक नेपाली हुँ। उहाँहरूप्रति सदा सम्मान र गर्व रहनेछ।