जिल्ला अस्पताल बैतडीमा हाडजोर्नी र नसा रोग विशेषज्ञ सेवा पुनः सुरु

जिल्ला अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ आएसँगै हाडजोर्नी र नशासम्बन्धी सामान्य समस्याका लागि पनि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको जिल्ला अस्पतालले जनाएको छ। अस्पातलमा अहिले तीन जना विशेषज्ञसहित १० चिकित्सकले सेवा दिइरहेका छन्।