कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत संरचनागत मजबुतीकरण (रेट्रोफिटिङ) कार्य सुरु गरिने भएको छ । विद्यालय भवनलाई भूकम्प–प्रतिरोधी बनाउँदै सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्ने उद्देश्यसहित चालु आर्थिक वर्षमा नगरपालिकाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार रेट्रोफिटिङको पहिलो चरणमा वडा नम्बर ५ […]