हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने

काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास तथा श्रमदानलाई केन्द्रमा पार्टीको सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेका हुन् । साथै उनले ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थासहित कार्यकारी संरचनामा स्पष्ट विभाजन रहने बताए । घोषणापत्रमा दिगो विकासका […]