विराटनगर– विराटनगर इन्टरनेशनल कलेजले आइतबार वार्षिक दीक्षान्त समारोह–२०२५ सम्पन्न गरेको छ। सोल्टी वेस्टेन्ड इटहरीमा कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो । यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । तीमध्ये ५४ जना बीएसी (एचओएनएस) अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापन र १० जना बीएससी (एचओएनएस) अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवस्थापनमा दीक्षित भएका छन् । […]