भुक्तानी सेवा कम्पनीलाई राष्ट्र बैंकको कडा निर्देशन, विस्तृत विवरण अनिवार्य

भुक्तानी सेवा प्रदायक कम्पनीहरूले अबदेखि विभिन्न विस्तृत विवरण नेपाल राष्ट्र बैंकमा अनिवार्य रूपमा बुझाउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा सञ्चालन गर्ने सबै संस्थालाई यस्तो निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार कुनै पनि संस्थाको सञ्चालन, व्यवस्थापन वा स्वामित्वमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्ति, वास्तविक […]