धनगढीमा ओझा र राणाको चर्चा

मंसिर ४ मा प्रतिनिधि र प्रदेश सभा निर्वाचन घोषणा भएसँगै सुदूरपश्चिमको प्रमुख सहर तथा प्रदेश राजधानी धनगढीमा दुई नेताबारे चुनावी बहस हुन थालेको छ । यहाँका चियापसलदेखि चोकचौतारामा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा र पूर्वराज्यमन्त्री तथा कांग्रेस नेता पुष्करनाथ ओझाबारे राजनीतिक विषयमा चासो राख्ने बीच मात्रै होइन सर्वसधारणमा पनि चासो बढेको छ ।